Logo

सोलु दुधकुण्ड नगरपालिकाका निर्वाचित वडा सदस्य कांग्रेस प्रवेश


सोलुखुम्बुका एक जना निर्वाचित वडा सदस्य नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ६ का वडा सदस्य काले शेर्पाले आइतबार कांग्रेस प्रवेश गरेका हुन् ।

नगर प्रमुख नाम्गेल जाङबु शेर्पाले उनलाई सदस्यता प्रदान गर्दै पार्टी प्रवेश गराएका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस सोलुदुधकुण्ड नगर सभापति दावागेलु पाख्रिन राजु लगायत अन्यको उपस्थिति रहेको थियो । वडा सदस्य शेर्पा तत्कालिन नेकपा एमालेवाट निर्वाचित भएका थिए ।

प्रकाशित मिति : सोमबार, २६ आश्विन २०७७ ०१:५५

Archives

प्रतिक्रिया दिनुहोस्