Logo

वाङ्छु पिक प्रोमोसनका प्रबन्ध निर्देशक लाक्पा शेर्पासहित तीन जनाले लोबुचेको शिखर चुमे


काठमाडौँ – वाङ्छु पिक प्रोमोसनका प्रबन्ध निर्देशक लाक्पा शेर्पासहित तीन सदस्यीय टोलीले सोलुखुम्बुस्थित लोबुचे हिमालको सफल आरोहण गरेका छन् । कार्तिक १३ गते बिहान १० बजे उक्त टोली ६ हजार १ सय १९ मिटर अग्लो लोबुचेको शिखरमा पुगेको हो । गत असोज १७ गते बहराईनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफा सहितको १८ जना टोलीले हिमाल आरोहण गरेको थियो ।

वाङ्छु पिक प्रोमोसनका प्रबन्धक निर्देशक शेर्पाको नेतृत्वमा आरोहणका लागि गएका ‘राईको’ ब्रान्डका संस्थापक बिनोद मणि राई र पर्वतारोही रिन्जि शेर्पाले लोबुचेको शिखर पुग्नुभएको हो ।

कोराना भाइरसको कारण बन्द रहेको पर्यटन व्यवसायीलाई थप बल पुगोस् र उजागर गर्ने उद्देश्यले लोबुचे हिमाल सफल आरोहण गरेको वाङ्छु पिक प्रोमोसनकी प्रबन्ध निर्देशक लाक्पा शेर्पा बताउनुभयो ।

प्रबन्धनिर्देशक शेर्पाले नेपालमा आफ्नै स्व. पिताको नाममा वाङ्छु पिक प्रोमोसन कम्पनी स्थापना गरेर सञ्चालन गर्दै आउनुभएको हो भने राईले राईको कम्पनीबाट उत्पादन गरेको ज्याकेट लगायतका कपडाहरु विदेशमासमेत निर्यात गर्दै आउनुभएको छ ।

 

प्रकाशित मिति : सोमबार, १७ कार्तिक २०७७ २०:३०

Archives

प्रतिक्रिया दिनुहोस्