Logo

अमेरिकी राष्ट्रपति निर्वाचनः वाइडेन जीत नजिक, अदालत जाने ट्रम्पको धम्की


काठमाडौं । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार अमेरिकी राष्ट्रपति निर्वाचनमा पूर्व उपराष्ट्रति जो वाइडेन जीतको नजिक पुगेका छन् ।
यो समाचार तयार पार्दा सिएनएनले जो बाइडेन विजयी हुने निश्चित भएको समाचार सार्वजनिक गरेको छ ।

अमेरिकामा राष्ट्रपतीय चुनावको मतगणना जारी रहँदा दुई उम्मेदवारबीच अझै निकट प्रतिस्पर्धा भने देखिएको छ ।

डेमोक्रयाट उम्मेदवार जो बाइडनले आफ्नो जितलाई लिएर आश्वस्त रहेको बताएका छन् भने राष्ट्रपति डोनल्ड ट्रम्पले चुनावमा धाँधली भएको आरोप लगाएका छन् । राजनीतिक पर्यवेक्षक एवम् सरकारी निकायले भने ट्रम्पको उक्त आरोपलाई हावादारी र कपोलकल्पित भएको बताएका छन् ।

बिबिसीका अनुसार यो समाचार तयार पार्दासम्म ५० वटा राज्यमध्ये ४३ वटा राज्यको परिणाम सकिएको छ र जितका लागि निकै महत्वपूर्ण मानिएका बाँकी राज्यहरूमा मतगणना भने जारी रहेको छ ।

हालसम्म बाइडनले २५३ इलेक्टरल मत प्राप्त गरेका छन् भने ट्रम्पले कुल २१४ इलेक्टरल मत पाएका छन ।

महत्वपूर्ण परिणाम आउन बाँकी छँदै बाइडनले राष्ट्रपति पद सम्हाल्नका लागि पर्याप्त राज्यमा आफूले जित्ने स्पष्ट भएको बताएका छन् । उनले मतगणनालाई ढुक्कका साथ प्रतिक्षा गरिरहेको बताएका छन् ।

मिशिगनमा बाइडनले जित्ने प्रक्षेपणहरू सार्वजनिक भएपछि उनले भनेका छन् ‘ जब मतगणना सकिन्छ हामीलाई विश्वास छ कि हामी नै विजेता हुनेछौं ।’ नतिजा घोषणाका निम्ति हरेक मत गणना भइसक्नुपर्नेमा उनले जोड दिए ।

उनले आफूले जितेमा भन्ने प्रतिक्रिया दिएका छैनन् । उनले हरेक वक्तव्यमा हामी भन्दै आएका छन् । तर, ट्रम्पले भने म केवल म भन्दै आएका छन् । यसबाट पनि उनीहरुबीचको राजनीतिक संस्कारलाई देखाइदिएको छ ।

राष्ट्रपति ट्रम्पले विना कुनै प्रमाण चुनावमा धाँधली भएको आरोप लगाएका छन् र सर्वोच्च अदालतमा कानुनी चुनौती दिने बताएका छन ।

प्रकाशित मिति : बिहीबार, २० कार्तिक २०७७ ०९:४४

Archives

प्रतिक्रिया दिनुहोस्