Logo

ओली-प्रचण्डबीच तीन घण्टा छलफल, भएन सहमति


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिएको छ । झण्डै तीन घण्टा भएको छलफल विनानिष्कर्ष सकिएको बताइएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा नेताहरुले पुरानै अडान दोहोर्याएपछि सहमति बन्न नसकेको बुझिएको छ ।

सत्तारुढ दल नेकपामा सरकारले गरेको राजदूतको नियुक्तिको सिफारिसदेखि मन्त्रिपरिषद् पुनर्गठन, कर्णाली विवाद र रअका प्रमुखको नेपाल आगमनसमेतलाई लिएर विवाद हुँदै आएको छ ।

प्रकाशित मिति : बिहीबार, २० कार्तिक २०७७ १८:२९

Archives

प्रतिक्रिया दिनुहोस्