Logo

टान पश्चिमाञ्चल क्षेत्रिय संघ पोखराको अध्यक्षमा पौडेल सर्वसम्मत


ट्रेकिङ एजेन्सिज् एशोशियसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रिय संघ पोखराको अध्यक्षमा शुसिलराज पौडेल सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

आज बुधबार सम्पन्न १६ औं अधिवेशन एवं २७ औं साधारसभाबाट शुसिलराज पौडेल निर्विरोध अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।

त्यसै गरी प्रथम उपाध्यक्षमा धर्मराज पन्थी, द्वितीय उपाध्यक्षमा कृष्णप्रसाद आचार्य, सचिवमा मिलन तिवारी निर्विरोध, सहसचिवमा रेशम अधिकारी कोषाध्यक्षमा किसम कुमारी गुरूङ, निर्वाचित हुनुभएको छ ।

यस्तै सदस्यहरूमा दिपक सापकोटा, अनिल थापा, महोन सुवेदी, गोपाल संगौला, लक्ष्मी कोइराला बिकास गुरुङ, निर्वाचित हुनुभएको छ ।

प्रकाशित मिति : बिहीबार, २० कार्तिक २०७७ १८:३७

Archives

प्रतिक्रिया दिनुहोस्