Logo

६ बर्षदेखि गौचरणमा परिणत काँगेलडाँडा विमानस्थलमा परीक्षण उडान सफल


सोलुखुम्बु –सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका २ मा रहेको काँगेलडाँडा विमानस्थलमा सफल परीक्षण उडान भएको छ । करिब ६ बर्षदेखि प्रयोगविहिन भएको काँगेल डाँडा विमानस्थलमा मंगलबार नेपाल एयरलाइन्सको नाईन एन एबीयू कल साईन भएको जहाजले उडान भरेको काँगेलडाँडा नागरिक उड्यन प्राधिकरणले जनाएको छ ।

काठमाडौंबाट चालक दलका ३ सहित ११ जना यात्रु लिएर आएको विमान विहान ९ : ०४ बजे काँगेलडाँडा अवतरण गरेको थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष अशिम राईले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त जहज ११ जना नै यात्रु लिएर काठमाण्डौ फर्किएको छ । यस अघि मंसिर २५ गते उडान नै हुने गरी थुलृुङदुधकोशी गाउँपालिका र नेपाल वायु सेवा निगम बीच सम्झौता भएतापनि नेपाल नागरिक उड्यान प्राधिकरणको प्राबिधिक तयारी नपुगेका कारण उडान हुन सकेको थिएन ।

विगत लामो समयदेखि गौचरणमा परिणत भएको उक्त विमानस्थल सञ्चालनको लागि गाउँपालिका अध्यक्ष असिम राई, संघीय सांसद हेमकुमार राई (शुरवीर) सहितका जनप्रतिनिधले बारम्बार मन्त्रालय र विभागको ध्यानकर्षण गराएका थिए ।

उक्त विमान स्थल सञ्चालनमा आएसँगै सोलुखुम्बुको तल्लो तथा खोटाङको माथिल्लो क्षेत्रका वृद्धबृद्धा र बिरामीहरुलाई बिशेष राहत पुग्ने भन्दै स्थानीय नागरिकले खुसी ब्यक्त गरेका छन् । २०५२ सालमा निर्माण सुरु भएको विमानस्थलमा २०६२/०६३ देखि उडान सेवा सुरु भएको थियो ।

https://www.facebook.com/100002049973074/posts/3476988062379492

प्रकाशित मिति : मंगलवार, ३० मंसिर २०७७ १४:४८

Archives

प्रतिक्रिया दिनुहोस्