Logo

संसद विघटनको विरोधमा कांग्रेसद्धारा सल्लेरीमा प्रदर्शन


सोलुखुम्बु : संसद विघटनको विरोधमा प्रमुख विपक्षी नेपाली कांग्रेसले देशभर विरोध प्रदर्शन गरेको छ । पूर्वनिर्धारित कार्यक्रमअनुसार देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन भइरहेको कांग्रेस नेताहरुले बताएका छन् । सोही कार्यक्रम अन्र्तगत सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा पनि विरोध प्रर्दशन सम्पन्न भएको छ ।

नेपाली कांग्रेसको पार्टी कार्यालय बसन्तबजारबाट सुरु भएको विरोध ¥यालीले सल्लेरी बजार परिक्रमा गरि जिल्ला प्रसाशन कार्यालय अगाडी पुगेर कोणसभामा परिणता भएको थियो । सभालाई सम्बोधन गर्दै कांग्रेसका केन्द्रिय सदस्य एवं पुर्वमन्त्री बलबहादुर के.सी.ले अस्थिरता र अराजकताको जढ नेकपा नेतृत्वको सरकार भएकाले सबै प्रकारको प्रतिगमनको जिम्मा नेकपाले लिनुपर्ने बताउँनुभयो ।

ओली नेतृत्वको सरकारले संविधान र लोकतन्त्रलाई नै प्रहार गरेकाले यसलाई बचाउने दायित्व कांग्रेसको काधमा आएको जिकिर गर्नुभयो । यस्तै जिल्ला सभापति विनोद कुमार बस्नेतले बर्तमान सरकारको कार्यशैलीका कारण गाउँगाउँमा भ्रष्टचार मौलाईरहेकाले खबरदारीमा उत्रन कार्यकर्तालाई निर्देशन दिनुभयो ।

नेता प्रकाश सिंह कार्कीले कांग्रेस लोकतन्त्रमा विश्वास गर्ने दल भएकाले संविधानमाथी नेकपा सरकारले गरेको प्रहार सहेर बस्न नसक्ने बताउँनुभयो ।

प्रकाशित मिति : मंगलवार, १४ पुष २०७७ ०५:०८

Archives

प्रतिक्रिया दिनुहोस्