Logo

दूधकोशी सामुदायिक र धुलिखेल अस्पतालबीच सम्झौता, अस्पताल सञ्चालन अन्यौलताको अन्त्य


सोलुखुम्बु :थुलुङ दुधकोशी गाउँपालिकाको दूधकोशी सामुदायिक अस्पताल र धुलिखेल अस्पतालबीच सम्झौता भएको छ । विपन्न नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने उदेश्य सहित मुक्लीमा पचास शैयाको सामुदायिक अस्पताल निर्माणाधिन अवस्थामा रहेको छ ।

अस्पताल भवन निर्माणका लागि आवश्यक करोडौ रकम जम्मा गर्न गत वर्ष महायज्ञको आयोजना गरिएको थियो । अस्पताल भवन निर्माण भएपनि सञ्चालनका विषयमा रहेको केही अन्यौल आजदेखि अन्त्य भएको छ ।

अस्पताल निर्माण, दीगो सन्चालन र सेवा प्रवाह लगायत अन्य महत्वपुर्ण विषयमा मंगलबार दुईपक्षीय सम्झौता भएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिनुभयो ।

सम्झौतसँगै अब दुधकोसी सामुदायिक अस्पताल, धुलिखेल र दुधकोसी सामुदायिक अस्पतालमा परिणत भएको अध्यक्ष राईको भनाई छ ।

 

प्रकाशित मिति : बुधबार, २२ पुष २०७७ ०९:१९

Archives

प्रतिक्रिया दिनुहोस्