Logo

अनेरास्ववियु ओली समुहको कार्यकर्ता भेला सम्पन्न


सोलुखुम्बु, २३ पुस । – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन सोलुखुम्बु जिल्ला कमिटिको आयोजनामा सल्लेरीमा विशेष कार्यकर्ता भेला सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली समुहको भेलाले भुपेन्द्र राईको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला सम्मेलन आयोजक कमिटी गरिएको छ ।

जसको उपाध्यक्ष आङ लाक्पा शेर्पा, सचीव श्याम कुमार राई, सहसचीव गौरव खालिङ सहसचीव मनिका राई, सहसचीव रस्मिता कार्की र कोषाध्यक्षमा सरोज भट्टराईलाई चयन गरिएको हो । त्यस्तै स्थानिय तहको अनेरास्वयवियुको स्थानिय तहको ईन्चार्ज, संयोजक, सहसंयोजक तोकिएको छ ।

सोलुदुधकुण्ड नगरपालिकामा ईन्चार्ज, पासाङ लाक्पा शेर्पा, संयोजक रस्मिता कार्की, सहसंयोजक पेम्डोमा शेर्पालाई चयन गरिएको छ ।

थुलुङ दुधकोशी गाउँपालिकामा ईन्चार्ज मनिष नाछिरिङ, संयोजक भलाकाजी तामाङ र सहसंयोजकमा शरण राईलाई तोकिएको छ ।

भेलाले नेचासल्यान गाउँपालिकाको ईन्चार्जमा सरोज भट्टराई, संयोजकमा राजेश भट्टराई र सहसंयोजकमा प्रकाश राईलाई चयन गरेको होे । सोताङ गाउँपालिकाको ईन्चार्जमा मिलन नाछिरिङ, संयोजक भुपाल राई र सहसंयोजकको जिम्मेवारी राज राईलाई दिईएको छ ।

प्रकाशित मिति : बिहीबार, २३ पुष २०७७ १७:१५

Archives

प्रतिक्रिया दिनुहोस्