Logo

सोलुखुम्बु सेवा समाज दक्षिण कोरीयाद्वारा सामूदायीक अस्पातललाई स्वास्थ्य सामाग्री सहयोग


काठमाडौं । सोलुखुम्बु सेवा समाज दक्षिण कोरीयाले सोलुखुम्बुका ४ सामूदायीक अस्पातललाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । सोलुखुम्बुस्थित महाकुलुङ सामूदयीक हस्पिटललाई इसिजि मेसिन, थुलुङ दुधकोशी सामूदायीक हस्पिटललाई नगद रु १ लाख एक सय, सल्यान सामूदायीक हस्पिटललाई प्रिन्टर, नेबुलाईजर र नेचा सामूदायीक हस्पिटललाई अक्सिजन मेसिन प्रदान गरिएको समाजका पूर्व अध्यक्ष टिआर खालिङले जानकारी दिनुभयो ।

सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी समाजले सोलुखुम्बु जिल्लाका संघीय सांसद हेमकुमार राई (सुरबीर) र थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा समाजका सस्थापक अध्यक्ष उत्तम गुरुङ, सदस्य भूपाल राई र पूर्व अध्यक्ष टिआर खालिङलगायतको उपस्तिथि रहेको थियो ।

समाजले आफ्नो स्थापनाकालदेखि सामाजिक क्षेत्रमा महत्वपूर्ण योग्दान पुर्‍याउदै आएको छ ।

प्रकाशित मिति : मंगलवार, १३ माघ २०७७ १३:४९

Archives

प्रतिक्रिया दिनुहोस्