Logo

वर्तमान सरकार भ्रष्टचारमा लिप्त रहेको कांगे्रस नेता आङगेलु शेर्पाको आरोप


सोलखुम्बु-नेपाली कांगे्रस सोलखुम्बुका पुर्व पार्टि सभापति आङगेलु शेर्पाले वर्तमान सरकार भ्रष्टचारमा लिप्त रहेको आरोप लगाएका छन् । सोलुदुधकुण्ड नगरपालिका ७ तोजिङमा भएको काग्रेसको पार्टि सुदृढिकरण तथा संगठन विस्तार कार्यक्रममा सम्बोधन गर्दै नेता शेर्पाले जनता प्रति जिम्मेवारी बन्न नसकेको भन्दै भ्रष्ट सरकारलाई अब जनताले कुनै हालतमा पनि विश्वास नगर्ने ठोकुवा गरे ।

सरकारले कोरनाका कारण उत्पन्न भएको वरोजगारीको समस्यालाई समाधान गर्न ठोस कार्यक्रम नलिएको भन्दै रोष प्रकट गरे । कम्युनिष्ट सरकारले काम गर्न नसकेको भन्दै नेकपाले पार्टीको तामासा देखाएर जनताको भोक नमेटिने टिप्पणी गरे । नेकपाले हरेक कुरामा नाटक मन्चन गरेको भन्दै अबको विकल्प नेपाली काँग्रेस रहेको शेर्पाले जिकिर गरेका छन् ।

सोलुखुम्बु निर्वाचन क्षेत्र प्रदेश क सभापति तथा पार्टी सचिव धनजन राईले काग्रेसलाई सुदृढिकरण गरेर अघि बढ्नुपर्ने बताए । उनले अब जनताको विकल्प काग्रेस भएको भन्दै सोलुदुधकुण्ड नगरपालिकामा नेपाली काग्रेसले जितेकाले पारदर्शि ढंगले काम भईरहेको उनले दावी गरे ।

कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जांबु शेर्पाले संविधान, संघियता, गणतन्त्र र देश खतरामा रहेको बताए । नेकपा सरकारले अस्थिरता उत्पन्न गराई प्रतिगमनको दिशामा अघि बढेको भन्दै चिन्ता व्यक्त गरे । उनले मध्यावधि चुनावले देशमा आर्थिक भार मात्र थपिने प्रष्ट पारे ।

सोलुदुधकुण्ड नगरपालिकाका नगरकार्य सभापति दावागेलु पाख्रिनले अन्य स्थानिय तहको तुलानामा सोलुदुधकुण्ड नगरपालिकामा पारदर्शि ढंगले कार्य सम्पादन भएको बताए । नेकपा सरकारले संसद विघटन गरेर जनताको मतको उपेक्षा गरेको टिप्पणी गरे ।

सोलुदुधकुण्ड नगर कार्यापालिका सदस्य सोनाम ग्याल्जेन शेर्पाले प्रधानमन्त्री केपी शर्मा वलीले प्रतिनिधि सभा विघटन असंवैधानीक भएको तर्क गरे । कार्यक्रमका बीच १७३ जना काग्रेस प्रवेश गरेको नेपाली काग्रेस सोलुले जनाएको छ ।

नेकपा परित्याग गरि आएका ङिमा गेलु शेर्पाले नेकपा सरकारले जनताको मतको कदर नगरेकोे र कार्यकर्ता प्रति अविश्वास गरेका कारण आफु काँग्रेस प्रवेश गरेकोे बताए ।

सोलुदुधकुण्ड नगरपालिका ७ नम्बर वडा पार्टि सभापति सम्भु कार्कीको अध्यक्षतमा भएको कार्यक्रममा जिल्ला स्तरीय नेता, कार्यकर्ता तथा भाृतसंगठन तथा शुभेच्छुक संगठनका प्रमुख तथा प्रतिनिधिको बाक्लो उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : बिहीबार, १५ माघ २०७७ ०७:३७

Archives

प्रतिक्रिया दिनुहोस्