Logo

प्रचण्ड–नेपाल समूहद्वारा भोलि आमहड्ताल घोषणा


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले बिहीबार देशव्यापी आमहड्तालको घोषणा गरेको छ । नेकपा केन्द्रीय संघर्ष समितिले आज पत्रकार सम्मेलन गरेर भोलि आमहड्ताल गर्ने घोषणा गरेको हो ।

संवैधानिक आयोगहरूमा सिफारिस भएका पदाधिकारीहरुको संसदीय सुनुवाइबिना नै आज बिहान पद तथा गोपनीयताको शपथग्रहण गराइएको थियो । त्यसकै विरोधमा आमहड्ताल घोषणा गरिएको हो ।

सरकारले गएको मंसिर ३० गते अध्यादेश ल्याएर संवैधानिक आयोगहरूमा रिक्त रहेका पदमा सिफारिस गरेको थियो । असंवैधानिक तरिकाले अध्यादेश ल्याएर नियुक्त गरेका संवैधानिक निकायका पदाधिकारीहरुलाई शपथ खुवाइएर जबर्जस्ती नाटक गरिएको संघर्ष समितिका सह–संयोजक पम्फा भुसालले बताइन् ।

उक्त समूहले बुधबार साँझ मसाल जुलुस गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रकाशित मिति : बुधबार, २१ माघ २०७७ १५:१९

Archives

प्रतिक्रिया दिनुहोस्