जनमुक्ति सेनाको विशेष पार्टी कमिटी बनाउने प्रचण्डको घोषणा

प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनमुक्ति सेनाको विशेष पार्टी कमिटी बनाउने घोषणा गरेका छन्।
बुधबार राजधानीमा आयोजित बहिर्गमित जनमुक्ति सेना नेपालको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले बहिर्गमित, स्वेच्छिक अवकाश लिएका लगातका सबै पूर्व जनमुक्ति सेनाहरुलाई समेटेर विशेष पार्टी कमिटी बनाउने बताएका हुन्।
अध्यक्ष प्रचण्डले पहिलोपटक आफू प्रधानमन्त्री हुने घाइते, अपांगता भएका जनमुक्ति सेनालाई राहात प्याकेज ल्याएको बताए।
उनले पूर्व जनमुक्ति सेनालाई लिएर आफू एकदमै चिन्तित रहेको बताए।
उनले प्रधानमन्त्री ओलीले जनमुक्ति सेनालाई, जनयुद्धलाई १०/२० लाखमा खरिद गर्ने प्रयास गरिरहेको आरोप लगाए। ओलीले पूर्व जनमुक्ति सेनालाई माया गरेको नभइ खरिद बिक्री गरेर सिध्याउन खोजेको उनको भनाइ थियो।
‘तपाईंहरुलाई ओलीले माया गरेजस्तो लागेको छ होला, उनले जनयुद्ध र योद्धालाई मान्छेको संख्याका आधारमा १०÷२० लाखमा खरिद गरिरहेका छन्। माया गरेका होइनन्’, उनले भने।