Logo

नेकपा सोलुखुम्बुअन्तर्गत काठमाडौंमा समानान्तर कार्यक्रम सम्पन्न


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को समानान्तर कार्यक्रम भइरहेको बेला काठमाडौंमा स्थायी वा अस्थायी बसोबास गर्ने सोलुखुम्बुका कार्यकर्ताहरुको छुट्टाछुट्टै भेला भएको छ । मंगलबार ओली समुहको सोलु-काठमाडौं सम्पर्क मन्चले अगुवा कार्यकर्ता भेला तथा मञ्चको पुनर्गठन कार्यक्रम आयोजना गरिरहँदा यता प्रचण्ड–माधव समूहले सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका काठमाडौं सम्पर्क आयोजक कमिटीले अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ ।

ओली समुहको कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेलसँगै सो समुहबाट केन्द्रीय सदस्यमा सिफारिस भएका केन्द्रीय सदस्यहरुको उपस्थिति रहेको थियो भने नेकपा केन्द्रीय सदस्य तथा सोलुखुम्बु जिल्ला ईन्चार्ज हेमकुमार राई (सुरबीर), केन्द्रीय सदस्य तथा ओखलढुंगा जिल्ला ईन्चार्ज यज्ञराज सुनुवारलगायतको उपस्थितिमा प्रचण्ड-माधव समुहले कार्यक्रम सम्पन्न गरेको हो ।

प्रकाशित मिति : बुधबार, २१ माघ २०७७ १२:४५

Archives

प्रतिक्रिया दिनुहोस्