प्रतिगमन विरुद्धको बृहत जनसभा तयारीका लागि पर्यटन व्यवसायीहरुको भेला

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्यटन क्षेत्रको आन्दोलन परिचालन कमिटीले आउँदो माघ २८ गतेको दिन काठमाडौंमा आयोजना हुने प्रतिगमन विरुद्धको बृहत जनसभा तयारीको लागि भेला आयोजना गर्दैछ । माघ २७ गते पकनाजोल, ठमेलस्थित गोकर्ण हाउस रिसोर्टमा विहानको ठीक ११ बजे उक्त भेला आयोजना गर्न लागिएको परिचालन कमिटीका संयोजक नवराज पाण्डेले जानकारी दिनुभयो ।
उहाँकाअनुसार नेकपा स्थायी कमिटी सदस्य लिलामणि पोख्रेल र मुकुन्द न्यौपानेले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । उक्त कार्यक्रममा उपस्थित हुनका लागि अग्रगमन पक्षधर पर्यटन व्यवसायी तथा सम्बद्ध नेता, कार्यकर्ता सबैलाई निमन्त्रणा गरिएको छ ।