Logo

प्रतिनिधिसभा विघटनको मुद्दामा भोलिबाट ‘एमिकम क्युरी’को बहस सुरु हुने


काठमाडौँ – प्रतिनिधिसभा विघटनको मुद्दामा सोमबार रिट निवेदकको जवाफी बहस सकिएको छ । मंगलबारबाट अदालतको सहयोगी (एमिकस क्युरी) को बहस शुरु हुनेछ । सोमवार विघटनको मुद्दामा रिट निवेदकको जवाफी बहस सकिएसँगै भोलिबाट एमिकस क्युरीको बहस शुरु हुन लागेको हो ।

प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतले नेपाल बार एशोसिएशनबाट ३ जना र सर्वोच्च अदालत बार एशोसिएसनबाट २ जना एमिकस क्युरी माग गरेको थियो । नेपाल बारमा बद्रीबहादुर कार्की, विजयकान्त मैनाली र सतीशकृष्ण खरेल तथा सर्वोच्च अदालत बार एशोसिएसनबाट पूर्णमान शाक्य र गीता पाठक एमिकस क्युरीको रुपमा चयन भएका छन् ।

मंगलबारबाट एकिमस क्युरीले मुद्दाको पक्ष विपक्षमा नरही अदालतलाई राय दिनेछन् । साथै एमिकस क्युरीको बहस सकिएपछि उक्त मुद्दाको फैसला आउनेछ । रिट निवेदक र सरकारी पक्षबाटको बहस सकिएसँगै दुवै पक्षको जबाफी बहस आइतवार र सोमवार भएको थियो ।

संसद विघटनको मुद्दा सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी सम्मिलित संवैधानिक इजलासमा सुनुवाई भइरहेको छ ।

प्रकाशित मिति : सोमबार, ३ फाल्गुन २०७७ १९:४४

Archives

प्रतिक्रिया दिनुहोस्