पत्रकार महासंघको २६ औँ महाधिवेशन आज, नयाँ नेतृत्वका लागि एक महिनाभित्र चुनाव

काठमाडौँ : नेपाल पत्रकार महासंघको २६ औँ महाधिवेशन आज हुँदैछ । काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजित महाधिवेशनको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्दैछन् ।
महाधिवेशनका लागि पत्रकार महासंघका जिल्ला शाखाका अध्यक्ष, प्रदेश पदाधिकारी लगायत तीन सय जनाको उपस्थिती रहने महासंघका महासचिव रमेश बिष्टले जानकारी दिए । उनका अनुसार बुधबार नै महासचिव र कोषाध्यक्षको प्रतिवेदन पेस भएर छलफलपश्चात पारित हुनेछ ।
राष्ट्रिय सभागृहमै बन्द सत्र गरेर आजै महाधिवेशन सकिने पनि उनले बताए । महासंघले नयाँ नेतृत्वका लागि एक महिनाभित्र चुनाव गर्ने योजना बनाएको छ । यसका लागि कपिल काफ्लेको नेतृत्वमा निर्वाचन समिति पनि बनाइएको छ ।
समितिले एक दुई दिनमा निर्वाचन मिति घोषणा गर्ने महासचिव बिष्टले बताए ।