Logo

बागमती प्रदेशसभाको बैठक आज


काठमाडौं – केही महिना अघिदेखि बैठक बस्न बन्द भएको बागमती प्रदेशसभामा आज बैठक बस्ने भएको छ ।

सभामुख सानुकुमार श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल, दाहाल–नेपाल समूहले दबाव दिएपछि आज दिउँसो दुई बजेको लागि प्रदेशसभा बैठक बोलाएको बताइएको छ ।

प्रदेशसभा सचिवालयका अनुसार मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वास प्रस्तावमाथि आजको बैठकमा दलगत धारणा राख्ने तयारी भएकोे छ । तर, प्रधानमन्त्री केपी शर्मा ओली निकटका पौडेलले भने अविश्वास प्रस्तावको सामना गर्नुको सट्टा बैठक रोक्ने कोसिस गर्दै आएका छन् ।

मुख्यमन्त्री पौडेलविरुद्ध दाहाल–नेपाल समूहले गत महिना पुस १० गते अविश्वास प्रस्ताव दर्ता गराएको थियो । माघ ९ गते अविश्वास प्रस्ताव टेबुल भएको थियो । तर, उक्त  प्रस्तावमाथि छलफल हुन सकेको छैन । पछिल्लो पटक यही माघ १९ गते बोलाइएको बैठक अघिल्लो राति आकस्मिक सूचना जारी गर्दै फागुन ५ गतेसम्मका लागि बैठक स्थगित भएको थियो ।

प्रकाशित मिति : बुधबार, ५ फाल्गुन २०७७ ०९:०४

Archives

प्रतिक्रिया दिनुहोस्