Logo

१२औं खुम्बु ल्होसार कप फागुन ८ देखि, विजेताले एक लाख पुरस्कार पाउने


सोलुखुम्बु – सोलुखुम्बुको खुम्बु पासाङल्हमू गाउँपालिका क्षेत्रमा स्थापना भएका यूवा समूहहरुले बर्षेनी आलोपालो आयोजना गर्दै आएको खुम्बु ल्होसार कपको १२ औँ संस्करण यहि फागुन ८ देखि शुरु हुदैछ ।

यस वर्षको ल्होसार कप नाम्चे यूवा समूहको आयोजनामा सम्पन्न हुन लागेको हो । काठमाडौंको सानो गौचरण खेलमैदानमा सन्चालन हुने उक्त कप फागुन ८ गतेदेखि १५ गतेसम्म जारी रहने समूहका सांस्कृतिक संयोजक छिमी काल्देन शेर्पाले जानकारी दिए ।

प्रतियोगीताका विजेताले नगद एक लाख पुरस्कार प्राप्त गर्नेछ । प्राप्त पुरस्कारमध्ये २५ हजार आगामी बर्षको आयोजक समूहलाई हस्तारन्तरण गर्नुपर्ने परम्परा रहेको छ ।

उपविजेता टिमले नगद ५० हजार प्राप्त गर्दा तृतीय टिमले नगद २५ हजारमा चित्त बुझाउने छ ।

फुटबल प्रतियोगीतामा खुम्बु क्षेत्रको टिमबिच प्रतिस्पर्धा हुनेछ । खुम्बु स्थायी बसोबास भएका यूवाहरुलाई एकअर्कामा परिचित गराउने र भातृत्व कायम राख्नका लागि राजधानीमा फुटबल प्रतियोगीताको आयोजना गरिएको नाम्चे यूवा समूहका अध्यक्ष पाल्देन शेर्पाले बताए ।

प्रकाशित मिति : बुधबार, ५ फाल्गुन २०७७ ०९:१०

Archives

प्रतिक्रिया दिनुहोस्