Logo

नेकपा प्रचण्ड–माधव पक्षको सोलुखुम्बु अध्यक्षमा शेर्पा र सचिवमा राई, ६५ जिल्लाको अध्यक्ष र सचिवको टुंगो


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल पक्षले ६५ जिल्लाको नेतृत्व चयन गरेको छ । केन्द्रीय सचिवालयले जिल्ला अध्यक्ष र सचिव चयन गरेको हो ।

निर्णयअनुसार सोलुखुम्बु जिल्ला कमिटी अध्यक्षको जिम्मेवारी गोम्बु शेर्पा (कज्र्याङ)ले पाएका छन् भने सचिवको जिम्मेवारी डिल्ली राईलाई दिइएको छ । शेर्पा पूर्व माओवादी हुन् भने राई पूर्व एमाले पृष्ठभूमिबाट आएका हुन् ।
तत्कालिन एमाले र माओवादी एकतापछि जिल्ला सचिव भएका शेर्पा र सचिवालय सदस्यको जिम्मेवारीमा रहेका राईलाई अध्यक्ष र सचिवको जिम्मेवारी दिएको हो ।

बाँकी रहेका नौ जिल्लामा प्रदेशका पदाधिकारीहरूले परामर्श गरेर यथाशीघ्र नाम सिफारिस गर्ने नेकपा प्रचण्ड–माधव पक्षले जानकारी दिएको छ ।

प्रकाशित मिति : सोमबार, १० फाल्गुन २०७७ १४:४०

Archives

प्रतिक्रिया दिनुहोस्