Logo

सगरमाथा आरोही संघको अध्यक्षमा शेर्पा, महासचिबमा सापकोटा


सगरमाथा आरोही संघको अध्यक्षमा माया शेर्पा पुन: निर्विरोध निर्वाचित भएकी छिन। सगरमाथाका साथै ८ हजार मिटरभन्दा अग्ला ५ वटा हिमालको सफल आरोहण गरिसकेकी शेर्प हाल नेपाल पर्वतारोहण संघकी द्दितीय उपाध्यक्षसमेत हुन् ।

नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा दिवस पोखरेल र द्दितीय उपाध्यक्षमा ल्हाक्पा रेण्डु शेर्पा निर्वाचित भएका छन। यसैगरी महासचिवमा शिवबहादुर सापकोटा, सचिवमा मदन चुडाल र कोषाध्यक्षमा डिकी शेर्पा निर्वाचित भएका छन् । यसैगरी हालै हिउँदमा पहिलो पटक केटु हिमाल आरोहण गरेका मिङ्गमा डेभिड शेर्पा र हिमालमा लगाउने नेपाली ब्राण्डका लुगा एभरेष्ट हार्डवेयरका प्रमुख सोनाम शेर्पा सदस्य रहेका छन।

सगरमाथा आरोही संघको स्थापना वाङचु शेर्पाको नेतृत्वमा भएको थियो। यस संघको सकृयतामा सगरमाथा आरोहीहरुको हकहितकालागि विभिन्न कार्य गरिएको थियो। यसैक्रममा सगरमाथा आरोहीलाई सरकारले लियाजो अफिसरका रुपमा पठाउन सुरु गरेको हो।

वाङचु शेर्पाको ‌केही वर्षअघि क्यान्सर रोगबाट निधन भएपछि माया शेर्पाले संघको नेतृत्व सम्हालेकी थिईन। सगरमाथा आरोही संघमा ८४ जना सगरमाथा आरोहीहरु सदस्य रहेका छन।

प्रकाशित मिति : शुक्रबार, १४ फाल्गुन २०७७ १०:३९

Archives

प्रतिक्रिया दिनुहोस्