Logo

मूल्यवृद्धिको विरोधमा ६ विद्यार्थी संगठनको प्रदर्शन


काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा ६ विद्यार्थी संगठनले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

काठमाडौंस्थित नेपाल आयल निगमअघि ६ विद्यार्थी संगठनले बुधबार (आज) प्रदर्शन गरेका हुन् । जसमा अनेरास्ववियु (पाँचौं), अखिल (क्रान्तिकारी), अखिल (क्रान्तिकारी), अखिल (क्रान्तिकारी), वैज्ञानिक समाजवादी विद्यार्थी संगठन र अखिल नेपाल विद्यार्थी युनियन छन् ।

निगमले फागुन १७ गते रातिबाट एक महिनाभित्रै तेस्रोपटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै विद्यार्थीहरु आन्दोलित भएका हुन् ।

निगमले पटक-पटक नेपाली जनताको ढाड सेक्नेगरी इन्धनको मूल्य बढाउनु दादागिरी भएको अखिल क्रान्तिकारी विद्यार्थी संगठनकी केन्द्रीय उपाध्यक्ष सिलु न्यौपाने बताउँछिन् ।
मूल्यवृद्धि छिटोभन्दा छिटो फिर्ता हुनुपर्ने नभए कडा आन्दोलन गर्ने ६ विद्यार्थी संगठनले चेतावनी दिएको अनेरास्ववियुका काठमाडौं जिल्ला कमिटी सदस्य यादव सिंहले बाह्रखरीलाई बताए ।

प्रकाशित मिति : बुधबार, १९ फाल्गुन २०७७ १५:३५

Archives

प्रतिक्रिया दिनुहोस्