Logo

नेकपाबारे यथाशीघ्र निर्णय दिन निर्वाचन आयोगलाई ५ पूर्वप्रमुख आयुक्तको आग्रह


काठमाडौं । पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले नेकपाको विवादमा यथाशीघ्र उपयुक्त निर्णय दिन निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।

पूर्व प्रमुख निर्वाचन आयुक्तहरु सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा. अयोधिप्रसाद यादव र पूर्व कार्यवाहक प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले संयुक्त वक्तव्य जारी गर्दै आयोगको निर्णय क्षमता र स्वायत्ततामा उठेको प्रश्नले आफूहरुलाई गम्भीर बनाएको बताएका हुन् ।

‘आयोग अनिर्णयको बन्दी बन्दा त्यसले मुलुकको राजनीतिक प्रक्रियामा पार्नसक्ने गम्भीर्यता तथा आयोगको आफ्नो शाखमा पर्न सक्ने असरलाई विचार गरी प्रचलित कानून र स्थापित नजीरका आधारमा समेत यस विषयमा उपयुक्त निर्णय यथाशीघ्र दिन आयोगसमक्ष आग्रह गर्दछौं’ वक्तव्यमा भनिएको छ ।

प्रकाशित मिति : बुधबार, १९ फाल्गुन २०७७ २०:१४

Archives

प्रतिक्रिया दिनुहोस्