Logo

सरकारले हटायो विप्लव समूहमाथिको प्रतिबन्ध, मन्त्रिपरिषदद्वारा तीन–बुँदे सहमति अनुमोदन


काठमाडौं, फागुन २०-सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माथिको प्रतिबन्ध हटाएको छ।

आज बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो।

सरकार र विप्लव नेतृत्वको पार्टीबीच आजै तीन–बुँदे सहमति भएको थियो।

मन्त्रिपरिषद् बैठकले सो सहमति पनि अनुमोदन गरेको छ।

प्रकाशित मिति : बिहीबार, २० फाल्गुन २०७७ २०:०८

Archives

प्रतिक्रिया दिनुहोस्