Logo

तीनबुँदे सहमतिप्रति प्रतिबद्ध छौं : विप्लव


काठमाडौं । नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारसँग भएको तीनबुँदे सहमतिप्रति आफूहरु प्रतिबद्ध रहेको बताएका छन् ।

शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित सरकार र नेकपाबीच भएको तीन बुँदे सहमतिमा हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘तीनबुँदेमा हामी प्रतिवद्ध छौं, पालना गर्छौं । आशंका वा कुतर्क गर्न जरुरी छैन ।’

विप्लवले युद्धको अन्त्य कम्युनिस्टले गर्न सक्ने बताएका छन्।

विप्लव कम्युनिस्ट विजय भएको दिन संसारमा हतियार र युद्धको अत्य हुने बताएका हुन्।

‘विश्वमा युद्धको अन्त्य कसैले गर्छ भने कम्युनिस्टले गर्न सक्छ। कम्युनिस्ट जुन दिन विजय हुनेछ, सम्पूर्ण सांसारमा हतियार र युद्धको अन्त्य हुन्छ’, उनले भने।

उनले उत्पीडित र उत्पीडकको अत्य हुनेबेला युद्धको कुनै स्थान नरहने बताए।

 

प्रकाशित मिति : शुक्रबार, २१ फाल्गुन २०७७ १६:१६

Archives

प्रतिक्रिया दिनुहोस्