Logo

ठूलोढुंगामा आधारभूत तहको अध्यापन सुरु, गाउँपालिका अध्यक्षद्धारा २ लाख ५५ को शैक्षिक अक्षयकोष स्थापना


सुमन खालिङ

राप्छा, सोलुखुम्बु, २१ फाल्गुन । ठूलोढुंगामा आधारभूत तह (कक्षा ८ सम्म)को अध्यापन औपचारिक रुपमा सुरुवात गरिएको छ । माप्य दुधकोशी गाउँपालिका वडा नम्बर २, ठूलोढुंगामा अवस्थित श्री चन्द्रोद्धय आधारभूत विद्यालयमा कक्षा ८ सम्मको अध्यापन कार्यलाई औपचारिक रुपमा उद्घाटन गरिएको हो ।

शुक्रबार एक समारोहबीच आधारभूत तहको औपचारिक उद्घाटन गर्दै माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले २ लाख ५५ रुपैयाँको शैक्षिक अक्षयकोषसमेत स्थापना गर्नुभयो । अध्यक्ष राईले विद्यालयका पूर्व प्रधानाध्यापकसमेत रहनुभएका आफ्ना सहोदर दाई स्व. चन्द्र बहादुर राईको स्मृतिमा सो अक्षयकोष स्थापना गर्नुभएको हो ।

उक्त विद्यालय विसं २०४० सालमा स्थापना भएको हो । विद्यालयका प्रधानाध्यापक प्रदिप राईकाअनुसार २०७५ सालमा कक्षा ६ र ७ सञ्चालन गरेपछि २०७७ मा पूर्ण रुपमा आधारभूत तह (कक्षा ६,७ र ८ सम्म) सञ्चालनमा ल्याइएको हो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष नौबीर राईको सभापतित्व तथा गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईको प्रमुख आतिथ्यतामा सम्पन्न गाउँपालिकाकी उपाध्यक्ष जुनिता मगर, नेता मानबीर राई, वडा नम्बर २ का वडा अध्यक्ष तेज बहादुर थापा मगर, गाउँपालिका शिक्षा समिति सदस्य नौराज राई, विद्यालयलाई विभिन्न तवरबाट सहयोग गर्दै आउनुभएका पर्यटन व्यवसायी अमृत राईलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमका बक्ताहरुले विकट गाउँमा भएको यो शैक्षिक जागरणको चर्चा गर्दै आगामी दिनमा थप उन्नति र प्रगतिको कामना गरेका थिए ।

प्रकाशित मिति : शुक्रबार, २१ फाल्गुन २०७७ २२:०१

Archives

प्रतिक्रिया दिनुहोस्