Logo

सोलुखुम्बुमा पनि एमालेले बोर्ड झुन्ड्यायो


सोलुखुम्बु । सर्बोच्च अदालतले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)खारेज गरेर एमाले र माओवादी केन्द्र ब्युंताई दिएसँगै सोलुखुम्बुमा एमालेको साइनबोर्ड झुन्डाइएको छ।पार्टी एकीकरण भएयता ३३ महिनासम्म नेकपा कार्यालय रहेको सो भवनमा मंगलबार एमालेको साइनबोर्ड झुन्ड्याइएको हो ।
हाल साइनबोर्ड झुण्ड्याइएको सो कार्यालय एकीकरण अघि पनि तत्कालीन एमालेकै स्वामित्वमा रहेको थियो ।

सर्बोच्च अदालतले अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल नेतृत्वमा रहेको नेकपाको दर्ता खारेज गर्दै सो पार्टीको स्वामित्व ऋषि कट्टेललाइ दिने फैसला गरेको थियो ।

प्रकाशित मिति : मंगलवार, २५ फाल्गुन २०७७ २२:१५

Archives

प्रतिक्रिया दिनुहोस्