Logo

राष्ट्र बैंकको डेपुटी गभर्नरमा निलम ढुंगाना र बमबहादुर मिश्र नियुक्त


काठमाडौं- नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा निलम ढुंगाना र बमबहादुर मिश्र नियुक्त भएका छन्।

भर्खरै सकिएको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई केन्द्रीय बैंकको डेपुटी गभर्नर नियुक्त गरेको एक मन्त्रीले बताए।

राष्ट्र बैंकको कार्यकारी निर्देशकको वरियताक्रममा ढुंगाना तेस्रो र मिश्र तेह्रौं स्थानमा छन्।

प्रकाशित मिति : मंगलवार, २५ फाल्गुन २०७७ २२:२३

Archives

प्रतिक्रिया दिनुहोस्