Logo

साहित्यकार महासंघ ‘किरात राज्य समिति’को संयोजकमा गणेशकुमार राई


काठमाडौँ: आदिवासी जनजाति साहित्यकार महासंघ, नेपालको किरात राज्य समितिको संयाेजकमा गणेशकुमार राई चयन भएका छन् । सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ७, वाकुमा जन्मिएका राई पत्रकारितासँगै पछिल्लो समय खोज अनुसन्धान तथा लेखनमा कृयाशिल छन् ।

बिहीबार काठमाडौँमा आयाेजित एक भेलाले गणेशकुमार राईकाे संयाेजकत्वमा १८ सदस्यीय समिति गठन गरेको हो । समितिको सह-संयोजकमा इन्द्र नारथुङ्गे, सचिवमा सुशीला निनाम, सह-सचिवमा कुम्भराज राई, कोषाध्यक्षमा जीवन ‘आरोही’ रहेका छन् ।

त्यस्तै, सदस्यहरूमा अमर श्रेष्ठ, इन्द्रसुर ‘बेल्टारे’, ओम डिसिआर, गगन राई, निमाराज तामाङ, मक्कर तामाङ, युगसन किरात, रबिन्द्र तामाङ, ललित राई, र सुवास ‘संगम’, रुपा राई, नबिना राना मगर र रबिन्द्र बान्तावा छन् ।

हाल महासङ्घकाे प्रथम राष्ट्रिय भेला यही चैत ७ र ८ गते ललितपुरकाे तिखेदेवलस्थित यलखिम पार्टी प्यालेसमा हुने तय भएको छ ।

प्रकाशित मिति : शुक्रबार, ६ चैत्र २०७७ १३:०४

Archives

प्रतिक्रिया दिनुहोस्