Logo

अन्नपूर्ण तथा धौलागिरि आरोहण गर्दै माया शेर्पा, प्रधानमन्त्री ओलीद्वारा बिदाइ


अन्नपूर्ण तथा धौलागिरि आरोहण गर्न जान लागेकी माया शेर्पालाई प्रधानमन्त्री केपी शर्मा ओलीले बिदाइ गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आरोही शेर्पालाई झण्डा हस्तान्तरण गर्दै सफलतापूर्वक आरोहण गरेर फर्कन शुभकामना दिनुभयो ।

उहाँले आफ्नो स्वास्थ्य र भौतिक अवस्था सबै विचार गरेर आरोहण गर्न सुझावसमेत दिए ।

सन् २००३ देखि हिमाल आरोहण शुरु गरेकी शेर्पाले विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमाल आरोहण गर्ने लक्ष्य राखेकी छन् । यसमध्ये पाँच वटा हिमालको आरोहण गरीसकेकी छन् ।

शेर्पाले यसअघि तीनपटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छन् ।

प्रकाशित मिति : शनिबार, ७ चैत्र २०७७ २०:४०

Archives

प्रतिक्रिया दिनुहोस्