Logo

४० वर्षपछि जेलबाट छुटे इलामका दुर्गाप्रसाद


काठमाडौं, ७ चैत । भारतको कारागारमा थुनिएका नेपाली नागरिक दीपक जैसी (दुर्गाप्रसाद तिम्सिना) ४० वर्षपछि शनिबार थुनामुक्त भएका छन् । उनी कर्तव्य ज्यान मुद्दामा थुनामा थिए ।

जैसीलाई थुनामुक्त गर्न उच्च अदालत कोलकाताले बुधबार साँझ आदेश दिएको थियो ।

दाई प्रकाशचन्द्र तिम्सिनालाई जिम्मा लगाएर जैसी थुनामुक्त भएका हुन् । उनका दाई नेपालबाट कोलकाता पुगेपछि दमदम कारागारमा मुक्त गर्ने प्रक्रिया सुरु भएको थियो ।

प्रकाशचन्द्र र कोलकातास्थित नेपाली महावाणिज्य दूतका निजी सचिव सतीश थापाको रोहबरमा दीपकलाई कारागारमुक्त गरिएको जनाइएको छ ।

प्रकाशित मिति : शनिबार, ७ चैत्र २०७७ २१:०६

Archives

प्रतिक्रिया दिनुहोस्