Logo

सोलुखुम्बुका तीन यूवा, जसले राखे नयाँ विश्व कीर्तिमान !


शिखरपोष्ट/काठमाडौं । सोलुखुम्बुका तीन जना यूवाहरुले नयाँ विश्व कीर्तिमान थप्न सफल भएका छन् । नेपाली कलाकार टोलीसहित विश्वको अग्लो स्थान (गोक्यो ४८१३ मिटरको उचाई)मा अडियो तथा भिडियो छायांकन गरी गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ज गराएका हुन् ।

पहिलो पटक कलाकारहरुले लाईभ बाजासहित विश्वको सवैभन्दा अग्लो स्थानमा गोक्यो री नामक लाईभ अडियो र भिडियो छायांकन गरिएको थियो ।

उक्त गीतको निर्माण गरेर सोलुखुम्बुका लक्ष्मण कार्की, सन्च बहादुर राई, पावल राईले रेकर्ड कायम गरेका हुन् । सोलुखुम्बुका तीन यूवाहरुसँगै सिन्दुपाल्चोकका पुष्कर नेपाल र काभ्रेका राजन खरेलसमेत गीतको निर्माताका रुपमा रहेका छन् ।

प्राप्त जानकारीअनुसार गिनिज बुकले पाँच जना निर्माता टोलीलाई रेकर्ड होल्डरको प्रमाणपत्र उपलब्ध गराउने छ भने बाँकी सबैलाई वर्ल्ड रेकर्ड पार्टिसिपेट सर्टिफिकेट उपलब्ध गराउने छ ।
गीतको निर्माता लक्ष्मण कार्कीकाअनुसार अब निकट भविष्यमै एक औपचारिक कार्यक्रमबीच विश्व कीर्तिमानको प्रमाणपत्र वितरण गरिनेछ ।

म्युजिक भिडियोको छायांकन तथा सम्पादन ईशक जबेगुले गरेका हुन् भने दुर्गा प्रसाद राईले सहयोगी छायांकनको भूमिका निर्वाह थिए । त्यस्तै लाईभ बाद्यबादनअन्तर्गत बिक्रम राईले मादल, राजिब बैजुले गिटार, बिक्रम गुरुङले अक्टाप्याड र पावल राईले बासुरी बजाएका हुन् ।

उक्त गीतको गीतकार मिलन किराँती, स्वर बबिना राई, संगीत बिक्रम राई, संगीत संयोजन फनिन्द्र राई र अडियो रेकर्डिङ वरिष्ठ साउन्ड ईन्जिनियर छिरिङ भोटेले गरेका हुन् । दुर्लभ जन्तरे (बुद्धिराज राई )को निर्देशनमा बनेको भिडियोमा गायिका तथा मोडेल बबिना किराँती, मोडल अनिश सिङ्जाली मगरसँगै बाल कलाकार १० वर्षीय रायल राईलाई देख्न सकिनेछ ।

प्रकाशित मिति : आईतवार, ८ चैत्र २०७७ १०:१०

Archives

प्रतिक्रिया दिनुहोस्