Logo

होटेल तथा रेस्टुरेन्टले विद्यूत ‘डिमान्ड शुल्क’मा छुट पाउने


काठमाडौं । कोरोना भाइरस (कोभिड-१९)बाट अति प्रभावितको सूचीमा रहेका होटेल तथा रेस्टुरेन्टले विद्यूत ‘डिमान्ड शुल्क’मा छुट पाउने भएका छन् ।

होटेल उद्योगको रुपमा दर्ता भई सञ्चालनमा रहेका, नियमित रुपमा नवीकरण भएका र कर विवरण पेस गरेका होटेल तथा रेस्टुरेन्टलाई विद्यूत डिमान्ड शुल्क छुट दिने सरकारले निर्णय गरेको हो ।

सरकारका प्रवक्ता पार्वत गुरुङका अनुसार सरकारले लकडाउन घोषणा गरेको अवधि २०७६ चैत ९ देखि २०७७ भदौ मसान्तसम्मको शतप्रतिशत डिमान्ड शुल्क छुट दिने निर्णय सरकारले गरेको हो ।

२०७७ असोज १ गतेदेखि २०७७ माघ मसान्तसम्मको डिमान्ड शुल्कमा भने ५० प्रतिशतले छुट दिने निर्णय सरकारले गरेको हो ।

प्रकाशित मिति : आईतवार, ८ चैत्र २०७७ २१:०६

Archives

प्रतिक्रिया दिनुहोस्