Logo

थुलुङ दुधकोशी गाउँपालिकामा माओबादी केन्द्रको कार्यालय स्थापना


नेकपा माओबादी केन्द्र सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका पार्टी कार्यालय स्थापना गरिएको छ । बुधबार सदरमुकाममा सम्पन्न जिल्ला कमिटिको बैठकले ८ वटै पालिकामा कार्यालय स्थापना गर्ने निर्णय गरेसँगै आज थुलुङ दुधकोशीको वडा नम्बर ६ मुक्लिमा कार्यालय खोलिएको हो ।

मुक्लिमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख धर्मराज बन र गाउँपालिका अध्यक्ष असिम राईले संयुक्त रुपमा कार्यालय उद्घाटन गरेका छन् ।

कार्यक्रममा बोल्दै समन्वय समिति उपप्रमुख बनले माओबादीले परिवर्तनको एजेण्डा स्थापित गरेको भन्दै फेरी एकपटक जनताको एजेण्डा बोक्ने मौका पार्टीलाई आएको बताए ।

सो क्रममा नेकपा माओबादी केन्द्रका युवा नेता तथा गाउँपालिका अध्यक्ष असिम राईले आफु निर्वाचित भए पछि पालिकाको बृहत्तर र जनमुखि विकास गर्दै नमुना पालिका बनाएको भन्दै आफ्नो पार्टीले आगामि निर्वाचनमा सिंगो जिल्लाका जनताको मन जित्ने दाबी गरे ।

गाउँ कमिटि अध्यक्ष घनश्याम नेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा युवा नेता रामसंर्घष किराँती लगायतले धारणा राखे । अब पालिकाका ९ वटै वडामा कार्यालय खोल्ने उक्त पार्टीले जनाएको छ ।

प्रकाशित मिति : बिहीबार, १२ चैत्र २०७७ १९:३६

Archives

प्रतिक्रिया दिनुहोस्