Logo

माप्य दुधकोशी गाउँपालिकामा पाँच दिने क्रिस्टल तालिम सम्पन्न


सोलुखुम्बु । सोलुखुम्बु जिल्ला माप्य दुधकोशी गाउँपालिकामा ५ दिने क्रिष्टल तालिम सम्पन्न भएको छ । एकल महिला तथा अपाङ्गता भएका व्यक्तिहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ सञ्चालित तालिम बुधबार सम्पन्न भएको हो ।

गाउँपालिकाको महिला शाखाले आयोजना गरेको उक्त तालिमको गत शनिबार गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले उद्घाटन गर्नुभएको थियो । तालिममा पालिकाका ७ वटै वडाका १५ जनाले सहभागिता जनाएका छन् ।

तालिममा प्रशिक्षकको रुपमा काठमाडौंबाट आएकी आसबरी राई रहनुभएको थियो ।
एकल महिला तथा अपाङ्गहरुलाई सीप सिकाई आत्मनिर्भर बनाउन तालिम कोशेढुंगा सावित हुने माप्य दुधकोशी गाउँपालिकाकी उपाध्यक्ष जुनिता मगरले विश्वास व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : बुधबार, १८ चैत्र २०७७ २०:३८

Archives

प्रतिक्रिया दिनुहोस्