Logo

गुरुङ पर्वतीय प्रशिक्षण विकास समितिको सदस्यमा मनोनित


काठमाडौं । सफल यूवा पर्यटन व्यवसायी टिकाराम गुरुङ पर्वतीय प्रशिक्षण विकास समितिको सदस्यमा मनोनित हुनुभएको छ । नेपाल सरकारको मन्त्रीस्तरीय निर्णयबाट गुरुङलाई यही चैत्र १७ गते ४ वर्षका लागि समितिको सदस्यमा मनोतित हुनुभएको हो ।

विभिन्न पर्यटकीय संघसंस्थाहरुमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनुनभएका उहाँ नेपाल पर्वतारोहण संघ (एनएमए)का वर्तमान सचिव हुनुहुन्छ । बोची बोची ट्रेक्स कम्पनी सञ्चालन गर्दै आउनुभएका गुरुङ सगरमाथा आरोहीसमेत हुनुहुन्छ ।

प्रकाशित मिति : शुक्रबार, २० चैत्र २०७७ १२:४०

Archives

प्रतिक्रिया दिनुहोस्