Logo

माओवादी केन्द्रद्धारा माप्य दुधकोशीमा कार्यालय स्थापनासँगै प्रशिक्षण भेला सम्पन्न, विभिन्न कमिटीको नेतृत्व चयन


सोलुखुम्बु । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले माप्य दुधकोशी गाउँपालिकामा पार्टी कार्यालय स्थापनासँगै प्रशिक्षण भेला कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिका कमिटीले शनिबार खास्तापमा आफ्नो कार्यालयको औपचारिक उद्घाटनपछि अगुवा कार्यकर्ताहरुको लागि प्रशिक्षण भेला आयोजना गरेको हो ।

गाउँपालिकाअन्तर्गत सातै वडाका पार्टी नेतृत्वहरुको उपस्थिति रहेको उक्त कार्यक्रम पार्टीका गाउँपालिका कमिटी संयोजक गौरब राईको सभापतित्व तथा जिल्ला कार्यालय सदस्य हिमाल गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

उक्त, भेलाले खाली रहेको पार्टीको वडा कमिटी नेतृत्व तोक्ने काम गरेको छ । निर्णयअनुसार वडा नम्बर १ को संयोजकको जिम्मेवारी मनिराम राई र सहसंयोजकको जिम्मेवारी असारमान राईलाई तोकिएको छ भने वडा नम्बर २ को संयोजकको जिम्मेवारी मनोज राईलाई तोकिएको छ ।

वडा नम्बर ३ को संयोजकको जिम्मेवारी मदन राई, सहसंयोजकको जिम्मेवारी सुजता नेपाली, वडा नम्बर ४ को संयोजकको जिम्मेवारी राजेन्द्र राई, सहसंयोजकको जिम्मेवारी राज राई, वडा नम्बर ५ को संयोजकको जिम्मेवारी टम्बर राईलाई दिने निर्णय गरेको छ । त्यस्तै वडा नम्बर ६ को संयोजकको जिम्मेवारी उत्तरसिं राई र वडा नम्बर ७ को संयोजकको जिम्मेवारी भीम बहादुर राईलाई दिने निर्णय गरिएको छ ।

उक्त कार्यक्रमबाट पार्टी मातहतको विभिन्न जनवर्गीय संगठनहरुको जिम्मेवारी बाँडफाड गरिएको छ । गाउँपालिका संयोजक राईले दिनुभएको जानकारीअनुसार वाईसिएल नेपाल माप्य दुधकोशी गाउँपालिकाको संयोजकको जिम्मेवारी सार्जन राई र सहसंयोजकको जिम्मेवारी भीम प्रसाद राईलाई तोकिएको छ ।

त्यस्तै अनेरास्ववीयू गाउँपालिकाको संयोजकको जिम्मेवारी अर्जुन खालिङ राईलाई दिइएको छ भने अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को संयोजकको जिम्मेवारी निशा धमलालाई, पार्टी निकट किरात राष्ट्रिय मुक्ति मोर्चा गाउँपालिकाको संयोजकको जिम्मेवारी मिंमार राई र सहसंयोजकको जिम्मेवारी तेसकुमार राई र विर्जमान राईलाई तोकिएको छ ।

दलित राष्ट्रिय मुक्ति मोर्चा गाउँपालिकाको संयोजकको जिम्मेवारी सुर्य विक र सहसंयोजकको जिम्मेवारी सुजता नेपालीलाई दिइएको छ । जनसाँस्कृतिक महासंघ माप्य दुधकोशीको जिम्मेवारी संगम राई र सहसंयोजकको जिम्मेवारी कुविरधन राईलाई दिइएको छ ।

त्यसैगरी माप्य दुधकोशी काठमाडौं सम्पर्क मञ्चको संयोजकको जिम्मेवारी अगम कुमार राई (धनकुमार)लाई दिइएको छ ।

यसैबीच, भक्त राईको संयोजकत्वमा सज्जन राई र खुसमाया राई सदस्य रहेको तीन सदस्यीय गाउँपालिकास्तरीय आर्थिक समितिसमेत गठन गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि गिरीले पछिल्लो पटक उत्पन्न राजनीतिक परिस्थितिबाट पार्टी सुदृढीकरण र सुद्धिकरणको अवसर प्राप्त भएको उल्लेख गर्दै त्यस अवसरलाई पूर्ण रुपमा सदुपयोग गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले अहिले देखिएको ओली बा प्रबृत्तिले बैचारिक, सैद्धान्तिक र ईमान्दारिताको राजनीतिको खिल्ली उडाएको भनाइ उहाँको थियो ।

गाउँपालिका कमिटी संयोजक राईले एउटा कालखण्डमा पार्टी एकता भएर विकास र सम्बृद्धिको रेखा कोर्ने काम भइरहेको अवस्थामा गुटगत र केहीको व्यक्तिगत स्वार्थका कारण अहिलेको अवस्था आएको भन्दै यसलाई शक्ति निर्माण गर्ने अवसरको रुपमा उपयोग गर्नुपर्ने बताउनुभयो । ढिलोचाँडो परिवर्तनकारी र अग्रगमन पक्षधरहरु एकढिक्का भएर अगाडि बढ्नुको विकल्प नभएको पनि बताउनुभयो ।

कार्यक्रममा पार्टी जिल्ला कमिटी सदस्यहरु गणेश कुमार राई, सज्जन राई, भक्त राई, अजय किराती, वडा न १ का जननिर्वाचित अध्यक्ष क. अगम कुमार राई, अग्रज नेता क. करण राई, अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य क. निशान राई, कविधन राईलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : शनिबार, २१ चैत्र २०७७ २०:१३

Archives

प्रतिक्रिया दिनुहोस्