Logo

तेस्रो नेचासल्यान गोल्डकप सुरु, मुख्यमन्त्री राईद्वारा उद्घाटन


सोलुखुम्बु – तेस्रो नेचासल्यान गोल्डकप सुरु भएको छ । बुधवार प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेपछि c औपचारिक रुपमा सुरु भएको हो ।

गोल्डकप उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले तीनै तहको सरकार सम्बृद्धिको यात्रामा अघि बढेको बताउनुभयो । संघीय सरकार गठनपछिको विकासलाई पुरानो व्यवस्था हुदाको विकाससंग तुलना गर्न आग्रह गर्दै मूलुकभर विकासको लहर चलेको बताउनुभयो ।

सोलुखुम्बु जिल्लाबाट निर्बाचित प्रतिनिधि सभा सदस्य हेम कुमार राई ‘सुरवीर’ले जिल्लामा दिगो विकासको अवधारणा अनुसार निर्माणको काम भईरहेको बताउनुभयो । तीन तहको सरकारको तालमेल नहुदा केही विकास निर्माणमा समस्या देखिएपनि पुरानो र नयाँ व्यवस्थामा भएका विकासलाई तुलना गर्दा आकाश पातलको फरक रहेको दाबीसमेत गर्नुभयो ।

भौतिक पुर्वाधार विकास मन्त्री अम्बीरबाबु गुरुङले प्रदेश सरकारले खेलकुदको विकासलाई प्राथमिकतामा राखेको बताउनुभयो । खेल क्षेत्रको विकासबाट नेपालको पहिचानलाई थप गर्बिलो बनाउन प्रदेश सरकार लागि परेको भनाइ उहाँको थियो ।

गोल्डकप उद्घाटन कार्यक्रममा प्रदेश सभा सदस्य बुद्धिकमार राजभण्डारी, उत्तम बस्नेत, नेचासल्यान गाउँपालिका अध्यक्ष डुफ कुमार बास्तोला लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : बुधबार, १ बैशाख २०७८ १९:२०

Archives

प्रतिक्रिया दिनुहोस्