Logo

गायिका सीता राईको ‘जुनेली देख्दा’ सार्वजनिक (भिडियो सहित)


काठमाडौं : संगीतमा डीग्री गर्नुभएकी गायिका सीता राईको ‘जुनेली देख्दा’ लोकार्पन गरिएको छ । अर्जुन राईको प्रस्तुतीमा रहेको उक्त गीतको बुधबार एक कार्यक्रमबीच बरिष्ठ साहित्यकार भूपाल राईले लोकार्पन गर्नुभएको हो ।

गीतकार टीका चाम्लिङको शब्द रचना तथा जसिहाङ राईको संगीत रहेको गीतको संगीत संयोजन भने शहास शाक्यले गर्नुभएको हो ।
गीतको लोकार्पणपछि बरिष्ठ साहित्यकार राईले गीतको शब्द र संगीत उत्कृष्ट रहेको भन्दै प्रशंसा गर्नुभयो । मौलिकता र सरलतामा ‘जुनेली देख्दा’ पाईएको भनाई उहाँको थियो ।

समाज रुपान्तरणका निम्ती गीत संगीतले खेलेको भूमिका उच्च रहेको भन्दै उहाँले राज्यले समेत बुझ्न आवश्यक रहेको बताउँनुभयो । एक दुई वटा गीत लेख्दैमा रचनाकार, एक दुई वटा गीत गाउँदैमा गायककार नहुँने भन्दै उहाँले यसमा निरन्तरता आवश्यक रहेकोमा जोड दिनुभयो ।

प्रकाशित मिति : बुधबार, १ बैशाख २०७८ १९:३३

Archives

प्रतिक्रिया दिनुहोस्