Logo

नेचासल्यान गोल्डकपको उपाधी मण्डलीलाई


सोलुखुम्बु । नेचासल्यान गाउँपालिका,गाउँ खेलकुद बिकास समितिले आयोजना गरेको तेस्रो नेचासल्यान गोल्डकपको उपाधी गेट्समणी चर्च मण्डलीले हात पारेको छ।

शनिबार भएको फाईनल खेलमा ट्राइबेकरमा ३/ ४ गोल अन्तरले नेचासल्यान वडा नं-३ लाई पछि पार्दै मण्डलीले सो उपाधी हात पारेको हो ।

प्रतियोगिताको उपबिजेतामा नेचासल्यान वडा नं- ३ र सान्त्वना आदर्श युबाक्लब नेचासल्यान-४ र नेचास्टार टेबलटेनिश एण्ड स्नुकर हाउस नेचासल्यान-३ भएका छन् । बिजयी खेल समूहलाई नेचासल्यान गाउँपालिकाअध्यक्ष डुफकुमार बास्तोलाले शनिबारै पुरस्कार,ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए।

बिजेता गेट्समणी चर्च मण्डलीले नगद १ लाख ५० हजार ५५ रुपैयाँ,ट्रफी,मेडल र प्रमाणपत्र,उपबिजेता नेचासल्यान-३ ले नगद १ लाख १ हजार १सय ११, ट्रफी ,मेडल र प्रमाणपत्रका प्राप्त गरेका छन् भने सान्त्वना हुने दुई समूह आदर्श युबा क्लब नेचासल्यान-४ र नेचास्टार टेबलटेनिश एण्ड स्नुकर हाउस नेचासल्यान-३ लाई नगद ३० हजार र प्रमाणपत्र प्रदान गरिएको थियो।

यसैगरी, सो प्रतियोगितामा चारवटा बिधामा उत्कृष्ट खेलाडी समेत चयन भएका छन।चयन भएका बिधामा उत्कृष्ट गोल रक्षक रेवत मगर,उत्कृष्ट खेलाडी अरबिन राई,डिफेण्डर राजकुमार पण्डित र हाइ स्कोररमा सुमन तामाङ छन।उनीहरूलाई नगद २ हजार र ट्रफी प्रदान गरिएको आयोजक समितिका अध्यक्ष बास्तोलाले बताए।

नेचासल्यान-५ को नाम्लुङ खेलमैदानमा आयोजित सो प्रतियोगितामा ओखलढुंगा र सोलुखुम्बु जिल्ला भित्रकै १६ समूह सहभागी थिए। प्रतियोगिताको बैशाख १ गते प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका थिए।

प्रकाशित मिति : आईतवार, ५ बैशाख २०७८ १९:१४

Archives

प्रतिक्रिया दिनुहोस्