Logo

थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईद्धारा माछापुच्छ्रे बैंकको शाखारहित बैंकिङ सेवा उद्घाटन


सोलुखुम्बु – थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ८, रनेममा माछापुच्छ्रे बैंकको शाखारहित बैंकिङ सेवा विस्तार गरिएको छ । गाउँपालिका अध्यक्ष असिम राईले आइतबार एक कार्यक्रमबीच बैंकको सेवा केन्द्र अर्थात् शाखा रहित बैंकिङ सेवाको औपचारि उद्घाटन गर्नुभएको हो ।

यस शाखा रहित बैंकले त्यस भेगको स्थानीयलाई वित्तीय सेवा प्रदान गर्ने छ । यस शाखाले खाता खोल्ने बचत तथा ऋण प्रवाह गर्नेछ ।

ग्रामिण क्षेत्रका नागरिकसम्म वित्तिय पहुँच पु¥याउनका लागि शाखा रहित बैंकिङ सेवा विस्तार गरिएको गाउँपालिका अध्यक्ष असिम राईको भनाइ छ ।

प्रकाशित मिति : आईतवार, ५ बैशाख २०७८ २०:४१

Archives

प्रतिक्रिया दिनुहोस्