Logo

राष्ट्रपति रनिङ शिल्डका लागि खेलाडी छनोट: सोलुदुधकुण्ड प्रथम, थुलुङ दुधकोशी द्दितीय र माप्य दुधकोशी तृतीय


सोलुखुम्बु : प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागीताका लागि सोलुखुम्बु जिल्लाबाट खेलाडी छनोट गरिएको छ । मंगलबार सल्लेरीमा सम्पन्न अन्तर मा.वि. स्तरीय प्रतियोगितामा प्रतियोगिताबाट ७० जना खेलाडीलाई छनोट गरिएको हो ।

जिल्ला खेलकुद बिकास समिति सोलुखुम्बुकाअनुसार उक्त प्रतियोगितामा १६ स्वर्ण, १४ रजत र १ कास्य पदकसहित सोलुदुधकुण्ड नगरपालिका प्रथम भएको छ । त्यस्तै १४ स्वर्ण, १० रजत र ४ कास्य पदकसहित थुलुङ दुधकोशी गाउँपालिका द्दितीय भएको छ भने १ स्वर्ण, ३ रजत र ८ कास्य पदकसहित माप्य दुधकोशी गाउँपालिका तृतीय भएको छ ।

प्रतियोगितामा सोलुदुधकुण्ड, थुलुङ दुधकोशी र माप्य दुधकोशी गाउँपालिकासँगै सोताङ र महाकुलुङ गाउँपालिकाले सहभागीता जनाएको थियो ।

प्रकाशित मिति : बुधबार, ८ बैशाख २०७८ १७:४४

Archives

प्रतिक्रिया दिनुहोस्