Logo

कायखेत मोटरेबल पुलको निर्माण कार्य धमाधम (फोटो फिचरसहित)


सोलुखुम्बु । माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ६ र ७ वाकुलाई जोड्ने कायखेत मोटरेबल पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । कायखेत मोटरेबल पुलको २०७७ मंसिर अन्तिममा संघीय सांसद हेमकुमार राई (सुरबीर)सँगै प्रदेश सभा सदस्य बुद्धिकुमार राजभण्डारी र उत्तम बस्नेत तथा माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले संयुक्त रुपमा शिलान्यास गर्नुभएको थियो । निर्माण कार्य अघि बढाइएको थियो ।

करिब ६ करोड रुपैयाँ लागतमा बन्न लागेको उक्त मोटरेबल पुलका लागि संघीय सांसद कोषबाट १ करोड दश लाख, प्रदेश सरकारबाट २ करोड र बाकी माप्य दुधकोशी गाउँपालिकाको लगानी रहेको छ । गाउँपालिकाकाअनुसार सोही बजेटबाट पुल वरीपरीको बाटो स्तरोन्नतिको कामसमेत हुनेछ ।

करिब ४० टन क्षमता भएको मोटरेबल पुलको आयु ५० वर्षभन्दा बढि रहेको जनाइएको छ । तस्वीरमा मोटरेबल पुल निर्माण कार्य धमाधम भइरहेको देख्न सकिन्छ ।

तस्वीरः अर्जुन राई (वाकु)

प्रकाशित मिति : बुधबार, ८ बैशाख २०७८ २१:३५

Archives

प्रतिक्रिया दिनुहोस्