Logo

समाजसेवी खालिङद्धारा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि आर्थिक सहयोग


काठमाडौं । शिखरपोष्ट मिडिया ग्रुपका सल्लाहकारसमेत रहनुभएका समाजसेवी सौमान खालिङ राईले जनस्तरबाट निर्माण भईरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानका लागि आर्थिक सहयोग प्रदान गर्नुभएको छ ।

सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिका वडा नम्बर २ (साविकको बासा–७), बोदुमा जन्मिनुभई हाल काठमाडौंको धापासीको स्थायी बसोबास गर्दै आउनुभएका उहाँले क्रिकेट रङ्गशाला निर्माण गर्ने संस्था धुर्मुस सुन्तली फाउण्डेशनलाई २० हजार रुपैयाँ सहयोग रकम प्रदान गर्नुभएको हो ।

फाउण्डेशनका कुञ्जना घिमिरे (सुन्तली)ले सहयोग रकम ग्रहण गर्दै सहयोग गर्ने खालिङ र उहाँको परिवारप्रति फाउण्डेशनको तर्फबाट अभार प्रकट गर्दै धन्यवाद ज्ञापन गर्नुभयो ।

प्रकाशित मिति : सोमबार, १३ बैशाख २०७८ १५:२०

Archives

प्रतिक्रिया दिनुहोस्