Logo

एमाले नेपाल–खनाल पक्षद्वारा १७८ सदस्यीय सोलुखुम्बु जिल्ला कमिटी घोषणा (नामावलीसहित)


सोलुखुम्बु –नेकपा एमाले नेपाल–खनाल पक्षले सोलुखुम्बु जिल्लामा समानान्तर जिल्ला कमिटी विस्तार गरेको छ । अघिल्लो साता जिल्ला पदाधिकारी टुंग्याएको उक्त समुहले आज १ सय ७८ सदस्यीय जिल्ला कमिटि विस्तारको घोषणा गरेको हो ।

सदरमुकाम सल्लेरीमा पत्रकार सम्मेलनको आयोजना गर्दै एमाले प्रदेश किमिटि सदस्य तथा जिल्ला ईन्चार्ज आङङिमा लामाले पार्टीको पूर्ण कमिटी घोषणा गरेका हुन् ।

अध्यक्षमा दोर्जी जाङ्बु लामा, उपाध्यक्षमा नन्दराज गुरुङ, सचिवमा डिल्ली राई र उप–सचिवमा मानवीर राई सहित १ सय ७८ जनाको जम्बो जिल्ला कमिटि विस्तार गरिएको छ ।

जिल्ला ईन्चार्ज लामाले पार्टी भित्र ओलीतन्त्र हाबी भई विधिविधानको धज्जि उडाउने काम भएको भन्दै एकिकृत एमाले निर्माणको लागि संगठन विस्तार गरिएको बताए ।

एमाले जिल्ला अध्यक्ष दोर्जिजाङ्बु लामाले पार्टीमा निरंकुश र प्रतिक्रान्तिबादिहरु हाबी हुँदा कम्युनिष्ट आन्दोलन नै जोखिममा परेको भन्दै आफु नेतृत्वको जिल्ला कमिटि नै मुल धार भएको दाबी गरे । जिल्ला सचिव डिल्ली राईले कोभिडको महामारी नियन्त्रण आए लगत्तै संगठन विस्तारलाई तिब्रता दिने बताए ।

प्रकाशित मिति : शनिबार, २५ बैशाख २०७८ २०:४१

Archives

प्रतिक्रिया दिनुहोस्