Logo

माप्य दुधकोशीमा कोरोना परिक्षणको दायरा बढाईदै, गाउँपालिका अध्यक्ष राईले चढ्ने गाडी स्वास्थ्य उपकरण ढुवानी तथा स्वास्थ्यकर्मी बोक्दै !


कोरोना भाइरसको दोस्रो लहरले प्रभावित बनाउन थालेपछि माप्य दुधकोशी गाउँपालिकाले त्यसको राेकथाम तथा नियन्त्रणका लागि आफ्नो सम्पूर्णण संयन्त्रलाई क्रियाशील बनाएको छ ।

स्वास्थ्य संयन्त्रका साथै प्रत्येक वडामा छुट्टाछुट्टै समिति बनाएर कोरोना रोकथाम तथा नियन्त्रणमा गाउँपालिका जुटेको हो ।

यसैबीच, गाउँपालिका अध्यक्ष बुद्दिकिरण राईले आफुले चढ्ने गाडी कोरोना रोकथाम, नियन्त्रण र स्वास्थ्य उपकरण (सामाग्री) ढुवानी तथा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी बाेक्ने प्रयोजनका लागि दिनुभएको छ ।

अध्यक्ष राईले गाडी उपलब्ध गराएपछि निक्कै सहज भएको गाउँपालिका स्वास्थ्य संयोजक जितेन्द्र यादवले जानकारी दिनुभयो ।

उहाँकाअनुसार विभिन्न कारणले कोरोना पोजेटिभ हुनेको संख्या बढेको कारण आवश्यकताको आधारमा परिक्षणको दायरा बढाउदै लगिएको छ ।

यो समाचार तयार पार्दासम्मको अवस्थामा गाउँपालिकामा 320 जनाको एन्टिजेन परिक्षण गर्दा 74 जनामा कोरोना पोजेटिभ देखिएको संयोजक यादवले जानकारी दिनुभयो।

प्रकाशित मिति : शनिबार, ८ जेष्ठ २०७८ १७:५४

Archives

प्रतिक्रिया दिनुहोस्