Logo

सोलुदुधकुण्ड नगरपालिकाको बजेट : ५९ करोड ३ लाख ५४ हजार, समेटियो उज्यालो नगरदेखि टेलिमेडिसिनसम्मका कार्यक्रम


सोलुखुम्बु – सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाले आउदो आर्थिक वर्ष २०७८/०७९ को लागि ५९ करोड ३ लाख ५४ हजार २६४ रुपैँयाको बजेट ल्याएको छ । आज बसेको नगर सभामा बजेट, निति तथा कार्यक्रम पेश भएको र वडातहमा योजना छनौटको काम बाँकी रहेकाले असार २४ मा बस्ने नगर सभामा विस्तृत छलफल हुने मेयर नाम्गेल जाङबु शेर्पाले स्वास्थ्य र शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको बताए ।

उहाँकाअनुसार उज्यालो नगर, सबै खाले बिद्युतीय चुलो बितरण, युबा स्वरोजगार सुनिश्चितता गर्दै बिदेश पलायनलाई निरुत्साहित गर्ने, पत्तालेमा पर्यटकीय पार्क र प्रबेशद्वार बनाउने, सिलगुढी डाँडाँ, रत्नाङ्गे डाँडाँ, पिके डाँडाँ जोड्ने पर्यटन पद्मार्गको स्तरोन्नति गर्ने तथा साइकिलिङ रुट बिकास गर्ने, बिभिन्न सडकहरुको स्तरोन्नति गर्नेलगायतको कार्यक्रम छ ।

त्यस्तै, कृषि बिमा तथा पशु बिमा र स्याउ, ओखर, आलु, किबी लगायतको जोन घोषणा गर्ने, कक्षा ५ को स्थानीय पाठ्यक्रम लागु गर्ने, दरबन्दी नभएका बिद्यालयहरुमा शिक्षक अनुदानको उपलब्ध गराउने, नमुना बिद्यालयको रुपमा छनोट बिद्यालयमा भौतिक पूर्वधार, शैक्षिक एबम् सुचना प्रबिधि बिस्तार गर्ने बजेटमा समेटिएको छ भने नगरबासीलाई जटिल स्वास्थ्य समस्या भई उपचारका लागि अन्यत्र लैजानुपर्दा निशुल्क एम्बुलेन्स सेवा दिने, टेलिमेडिसिन सेवा तथा कोभिड १९ का लागि आवश्यक अक्सिजन सिलिन्डर, कन्सन्ट्रेटरलगायतको स्वास्थ्य सामाग्री को ब्यबस्था तथा क्वारेन्टिन, बेडसहितको आइसोलेसनको ब्यबस्थापन गर्ने, आवश्यक जनसक्तिको ब्यबस्था गर्ने तथा स्वास्थ्य चौकीहरुको स्तरोन्नति गर्ने जस्ता कार्यक्रम यस् बजेटमा समेटिएको छ ।

प्रकाशित मिति : बिहीबार, १० असार २०७८ २०:५२

Archives

प्रतिक्रिया दिनुहोस्