Logo

माओका ११ नारा, जसले चीनलाई बदल्यो


चीनको कम्युनिस्ट पार्टी स्थापनाको एक सयौं वार्षिक उत्सव मनाइरहेको छ। आज पनि पार्टीका सबैभन्दा मान्य नेता एवं कम्युनिस्ट शासनका संस्थापक माओत्से तुङको चर्चा छ। उस्तै कहलिएका छन् उनका राजनीतिक नाराहरू जुन निकै कलात्मक र प्रभावकारी सुनिए।

हुन त माओपछि धेरै चिनियाँ नेताले उनको सिद्धान्तलाई बदले। तर, उनका नारा र  चर्चा पूरानो भएनन् जुन माओको नेतृत्वमा चर्चित थिए। ती नारा समय अनुरुप प्रयोगमा आए

सय फूल फूल्न देउ

सन् १९५६ मा लेखिएको नारा हो ‘सय फूल फूल्न देउ।’ चिनियाँहरूको विश्वास छ – कुनै कुरा कवितामा भनियो भने त्यो सही सुनिन्छ। त्यसैले भाषणमा समेत कवितात्मक प्रयोग गर्छन्। यो प्रयास दुई हजार वर्ष पूरानो हो। माओले पनि पूराना शब्दहरूको प्रयोगमा आफ्नो कुरा जनतालाई बुझाउन कोसिस गर्थे।

एक भाषणमा उनले भनेका थिए : ‘एक सय फूल फूल्न दिनुहोस्; एक सय विचारहरू बिच प्रतिस्पर्धा हुनेछ।’ यो नारा माओले चीनको ‘प्रान्तहरूको द्वन्द्व’ युगबाट लिएका थिए जुन ईसापूर्व २२१ वर्ष अगाडि अन्त्य भएको थियो।

सोच्ने साहस देखाउनु, पाइला चाल्ने ताकत देखाउनु

यो नारा सन् १९५८ मा लेखिएको हो। माओले यस महत्वकांक्षी नारा आफ्नो ‘ग्रेट लीप फर्वार्ड’ अभियान ताका बोलेका थिए। यो दुई वर्ष पूरानो अभियान हो जसमा माओले किसानहरूलाई सामूहिक खेतीका लागि प्रोत्साहित गरेका थिए।

सोच्ने साहस देखाउनु, बोल्ने हिम्मत जुटाउनु र पाइला चाल्ने ताकक देखाउनु भन्ने उनको मूल सन्देश थियो। तर, त्यतिबेला चीनमा खेतीको उब्जनी साह्रै कम थियो।

माओका समर्थकहरूले वर्षौपछि सम्म यो नारा प्रयोग गरे।

चार वटा पूराना चलन भत्काउनुस्

सांस्कृतिक क्रान्तिको नाममा माओले गरेको अत्याचारको एउटा उदाहरण हो यो। जसले युवा कार्यकर्ताहरूलाई पूराना मान्यताहरू भत्काउन प्रेरित गर्‍यो। उनका लागि पूरानको चलनको अर्थ थियो पूरानो विचार, परम्परा, व्यवहार र संस्कृति।

यस अभियान अन्‍तर्गत माओका कार्यकर्ताले मन्दिरहरूमात्र भत्काएनन्। बद्धिजिवी र बुज्रुकहरूसँग मुक्काबाजीसमेत गरे।

एक स्थायी क्रान्तिका लागि देशका लगभग हरेक संस्था र व्यवस्थामाथि हमला गर्ने अनुमति दिएका थिए माओले। त्यसैबेला सन् १९६६ मा लेखिएको थियो यो नारा।

चारजना गद्दारको गिरोहलाई नष्ट गरिदिनुस्

सन् १९७६ मा लेखिएको यस नाराले माओको मृत्युपछिको परिवेश झल्काउँछ। चीनको कम्युनिस्ट पार्टीका शीर्ष नेतृत्वबीच सत्ताका लागि संघर्ष भइरहेको थियो। माओको मनोनीत उत्तराधिकारी, हू गुओपेले सबै औपचारिक नेतृत्व भूमिका ग्रहण गरेका थिए। यद्यपि माओकी श्रीमती जियांग कि  र उनका तीन सहयोगीहरूले हू गुओपेको कडा विरोध गरे।

उनीहरूलाई गुओपेका समर्थकहरूले गद्दार भनेका हुन्। ती चार पात्रकै विरोधमा भनिएको हो ‘चार जना गद्दारको गिरोहलाई नष्ट गरियोस्।’ प्रचार सामाग्रीमा उनीहरूको तस्विर राखी व्यङ्ग्यात्मक नाराहरूसमेत लेखिन्थ्यो।

सुधार र दुनियाँका लागि ढोका खुला राख्नु

डांग श्याओपिंगले चीनलाई निकै चाँडो आर्थिक सुधारको पथमा दौडाए। उनले वर्ग संघर्षलाई किनारा लगाए। उनले चीनको विषेशतासहित समाजवादको विचार अघि सारे। जसले गर्दा चीनका नेताहरूलाई माओको सिद्धान्तबाट पर जान बाटो दियो।

जे होस् डांगको योजनाहरू नै ‘सुधार र दुनियाँको लागि खुला ढोका’ भन्‍ने सूत्र बन्यो। आखिरमा चीनको संविधानको प्रस्तावनामा पनि यी शब्द समेटियो : ‘कोही राष्ट्रवादी चिनियाँ जनवादी लोकतान्त्रिक तानाशाही र समाजवादको बाटोमा हिँडिरहनेछन्। उनीहरू सुधार र दुनियाँका लागि ढोका खुला राख्न पनि डटिरहन्छन्।’

यो नारा पहिलो पटक सन् १९७८ मा लेखिएको थियो।

तथ्यहरूबाट यथार्थसम्म पुग्नुस्

चीनका नेताहरूले व्यवहारिकता र तर्कमा विश्वास राख्ने भएकाले यस नारा चर्चित बन्यो।

यो चीनको एक प्राचीन दार्शनिक सिद्धांत हो। तर, सन् १९७० को दशकमा सुरु भएको आर्थिक सुधारको योजनासँगै प्रयोगमा आयो। विशेषगरी राजनीतिक वाद-विवाद र कानूनी मतभेदका क्रममा प्रयोग गरिन्थ्यो।

माओले भने यसको प्रयोग सन् १९३० ताका गरेका थिए।  

कम सन्तान जन्माउनुस्, बढी सुंगुर पाल्नुस्

चीनको ‘एक सन्तान’ नीतिले अजिब खालका नाराहरू निकाल्यो। कम्युनिस्ट पार्टीको केन्द्रीय नेतृत्वले यी नारा प्रयोगको अनुमति नदिएपनि उत्साही स्थानीय अधिकारीले दशक पछि सम्म ती नारा प्रयोग गरे।

‘प्रसव वेदना रोक्नुस्, गर्भपात गराउनुस्!’, ‘जेसुकै गर्नुस् तर धेरै बच्चा नजन्माउनुस्’जस्ता नाराहरूबिच छाएको थियो ‘कम सन्तान जन्माउनुस् बढी सुंगुर पाल्नुस्।’

सन् २०१६ मा हो चीनले दुई सन्तानको अनुमति दिएको। हाल दम्पत्तिले तीन वटा सम्म सन्तान जन्माउन पाउँछन्।

तीन प्रतिनिधि

सन् २००० मा जियांग जेमिनले चीनको राजनीतिमा आफ्‍नो सत्ताको दश वर्ष पुगेको उपलक्ष्यमा ‘थ्री रिप्रेजेन्ट्स’को महत्वपूर्ण विचार अघि सारे। जसलाई चीनको संविधानको प्रस्तावनामा पनि समेटियो।  

उनले भनेका थिए : कम्युनिस्ट पार्टील सधैं चीनको उन्नत उत्पादक ताकतको विकास सम्बन्धि आवश्यकताहरू पूरा गर्नुपर्छ। त्यस्तै चीनको उन्नत संस्कृतिलाई प्रवर्धन गर्न आवश्यक छ र बहुसंख्य चिनियाँ जनताको आधारभूत हितलाई बढावा दिनुपर्छ।

माओले पनि यस नीतिमा जोड दिएका थिए। जसलाई जियांगले बयान गरेभन्दा गम्भीर मानिन्छ।

समाजमा मधुरता

सन् २००५ मा सौहार्दपूर्ण समाजको परिकल्पनासहित प्रयोग गरिएको थियो यस नारा। जसलाई चीनको संविधानमा पनि समेटियो।

चीनको संसदका सदस्यले अघि सारेका थिए यस विचार। चीनको पश्चिमी शहरहरू जस्तै किंघाई र उरुमकीको व्यापक विकास परियोजनाहरू यस नाराको अधीनमा भएको बताइन्छ। यद्यपि तिब्बत र झिनजियांगमा अभिव्यक्ति स्वतन्त्रता र उत्पीडन प्रतिबन्धलाई पनि यही नाराको प्रभाव मानिन्छ।

तीन सर्वोच्च

यो नारा कुनै सांगीतिक एल्बमको नामजस्तो सुनिन्छ। तर, यो हू जिंताओको सुधारवादी न्यायपालिकालाई जित्ने एक तरिका थियो। उनले भनेका थिए, ‘महान न्यायाधीश र वकिल, जनताले पार्टीको काम, जनताको हित, संविधान र कानून सबैभन्दा माथि छ भन्ने कुरा बिर्सनु हुँदैन।’

हू जिन्ताओले कम्युनिष्ट पार्टीका नेता वाङ्ग श्याग्जुनलाई सर्वोच्च अदालतको अध्यक्ष नियुक्त गरेर कानूनी सुधारको छलफललाई अन्त्य गरेका थिए।

श्याग्जुनसँग कानून सम्बन्धि कुनै अनुभव थिएन। तर उनले यो सुनिश्चित गरे कि देशका अदालतहरूले तीन सर्वोच्चको सिद्धान्त अनुसरण गर्दछन्। त्यसबेलादेखि पार्टीको हितले अन्य दुई सर्वोच्चलाई हावी गरायो।

चाइनीज ड्रीम अर्थात् चिनियाँ सपना

यो सी जिनपिंगले निकै मन पराउने नारा हो। उनी सन् २०१३ को सुरुवातमा चीनको राष्ट्रपति बने। तर, उनलाई लिएर चिनियाँबिच मतभेद छ। सी जिनपिंगले चाइनीज ड्रिमको नारामार्फत्‍ यस स्थिति बदल्ने कोसिस गरिरहेका छन्। जसले चीनका जनताहरूको आवश्यकता, मागलगायतको सम्बोधन गर्छ। तर, यसको अर्थ के हो भन्ने यकिन व्याख्‍या छैन। 

बीबीसी हिन्दीबाट।

प्रकाशित मिति : शुक्रबार, १८ असार २०७८ १८:०४

Archives

प्रतिक्रिया दिनुहोस्