Logo

सोलुखुम्बुका ४ जना पत्रकार पुरस्कृत


सोलुखुम्बु : नेपाल पत्रकार महासंघ सोलुखुम्बुले कोरोना संक्रमित ४ सञ्चारकर्मीलाई लेखनावृति पुरस्कार प्रदान गरेको छ । एक नम्बर प्रदेशको सहयोग तथा नेपाल पत्रकार महासंघ प्रदेश कमिटिको संयोजनमा कोरोना संक्रमण भएका ४ सदस्यलाई मंगलबार नगद रु. १० हजारका दर पुरस्कार प्रदान गरेको हो ।

पुरस्कार प्राप्त गर्नेहरुमा प्रदेश नम्बर एककै पहिलो सामुदायिक रेडियो सोलु एफ.एममा कार्यरत अन्जु कार्की र रमन वन, गोरखापत्र दैनिकका जिल्ला संवाददाता सन्तोष राउत र रेडियो चोमोलुङ्मामा कार्यरत बिदुर बस्नेत रहेका छन् । उनीहरु चारै जना यस अघि संक्रमण पुष्टि भई मुक्त भईसकेको जनाइएको छ ।

उनीहरुलाई समाचार संङकलनको क्रममा कोरोना लेखनवृति वापतको रकम हस्तान्तरण गरिएको नेपाल पत्रकार महासंघ सोलुखुम्बुका अध्यक्ष नुतन श्रेष्ठले जानकारी दिनुभयो ।

प्रकाशित मिति : बुधबार, ३० असार २०७८ २०:००

Archives

प्रतिक्रिया दिनुहोस्