Logo

तल्लो तहको अधिवेशन मिति सार्ने कांग्रेसको निर्णय


काठमाडौँ : नेपाली कांग्रेसले तल्लो तहको अधिवेशन सार्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको पार्टी शीर्ष नेताहरुको बैठकले तल्लो तहको अधिवेशन सार्ने तर, केन्द्रीय महाधिवेशन भने भदौ १६ मै गर्ने गरी निर्णय गरेको नेता रमेश लेखकले जानकारी दिए ।

तल्लो तहको अधिवेशन कहिले गर्ने भन्ने विषयमा नेताहरु पुन छलफलमा बसेर टुंगो लाग्ने उनको भनाइ छ ।

आजको बैठकमा कांग्रेसको निर्वाचन निर्देशिकाको मस्यौदा पेश भएको छ । उक्त निर्देशिकालाई अन्तिम रुप दिन पार्टी सहमहामन्त्री डा.प्रकाशशरण महत र केन्द्रीय सदस्य डा.मिनेन्द्र रिजाललाई जिम्मा लगाइएको छ ।

त्यस्तै क्रियाशील सदस्यता छानविन समितिले सप्तरी र धनुषाको विवादको विषयमा पनि आज शीर्ष नेताहरुलाई जानकारी गराएको छ ।उनले केही जिल्लाको विवरणलाई अन्तिम रुप दिन बाँकी रहेको पनि बताए ।

आजको बैठकमा निर्वाचन समिति, सदस्यता छानबिन समिति, समायाेजन समितिको विषयमा छलफल भएको लेखकको भनाइ छ ।

प्रकाशित मिति : शुक्रबार, १ श्रावण २०७८ २०:३२

Archives

प्रतिक्रिया दिनुहोस्